बिहि, जेष्ठ २१, २०८३

उच्च अदालत बार एशोसिएसन महेन्द्रनगरमा उपाध्यक्ष त्रिपुरेश्वरी कोषाध्यक्ष सुरेन्द्र सहित सदस्य निर्बिरोध


आदित्य जोशी कञ्चनपुर उच्च अदालत बार एशोसिएसन महेन्द्रनगरको नयाँ कार्य समिति चयनका लागि १६ जेठ शनिबार निर्वाचन हुँदैछ । उच्च अदालत बार एशोसिएसन महेन्द्रनगरको छैटौँ नयाँ कार्य समिति चयनका लागि १६ जेठ शनिबार निर्वाचन हुदैछ । नयाँ कार्य समितिको नेतृत्व, पदाधिकारी सदस्यका लागि १४कानुन व्यवसायीहरुले उम्मेदवारी दर्ता गराएका थिए । प्रमुख निर्वाचन अधिकृत गजेन्द्र बहादुर रावलले उपाध्यक्ष, कोषाध्यक्ष र सदस्य पदमा निर्बिरोध निर्वाचित भएको बताए । निर्वाचन अधिकृत रावलका अनुसार उपाध्यक्षमा अधिवक्ता त्रिपुरेश्वरी विष्ट(भट्ट), कोषाध्यक्षमा सुरेन्द्र प्रसाद उप्रेती निर्बिरोध निर्वाचित भएका छन । उपाध्यक्षमा उम्मेदवार दिएका बीर बहादुर विष्टले उम्मेदवारी फिर्ता लिएपनि त्रिपुरेश्वरी निर्बिरोध निर्वाचित भएकी हुन । सदस्यहरुमा सरिता गैरे, हरि प्रशाद जोशी, सुर्दशन कुँवर, धन बहादुर राना, धनराज शर्मा चयन भएका छन । अध्यक्षका लागि भुपेन्द्र बहादुर विष्ट, धनसिह महरा, आनन्द प्रशाद जोशी, भोजराज पाठक, सचिवमा मदन बहाुदर कुँवर र रोशनलाल चौधरीविच प्रंतिस्पर्धा हुनेछ । ५४मतदाता रहेको उच्च अदालत बार एशोसिएसन महेन्द्रनगरमा अब अध्यक्ष र सचिवका लागि मात्रै चुनाव हुनेछ । अध्यक्ष र सचिवका उम्मेदवार मतदाता भेट्न दौडधुपमा जुटेका छन । यस अघि जिल्ला बारको नयाँ कार्य समिति सहमतीय आधारमा चयन भएको थियो ।

सम्बन्धित समाचार