काठमाडौं । संघीय संसद अन्तर्गतको प्रतिनिधि सभाको १२औँ बैठक भोलि शुक्रबार साँझ ५:३० बजे बस्ने भएको छ।
उक्त बैठकबाट आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट प्रस्तुत गरिने कार्यसूची तय गरिएको छ।सरकारका तर्फबाट स्वर्णिम वाग्ले ले आगामी आर्थिक वर्षको आय–व्यय विवरण (बजेट) प्रतिनिधि सभामा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
बजेटमार्फत सरकारले आगामी वर्षको आर्थिक नीति, विकास निर्माणका योजना, राजस्व संकलन तथा सरकारी खर्चका प्राथमिकताहरू सार्वजनिक गर्नेछ।सरकारले प्रस्तुत गर्ने बजेटमा आर्थिक सुधार, रोजगारी सिर्जना, पूर्वाधार विकास, कृषि, शिक्षा, स्वास्थ्य तथा सामाजिक सुरक्षाका कार्यक्रमलाई विशेष प्राथमिकता दिने अपेक्षा गरिएको छ।

