कञ्चनपुर, ११जेठ माध्यामिक शिक्षा परीक्षा (एसईई)मा कञ्चनपुरका १० विद्यालयले ५० भन्दा बढी विद्यार्थी उत्र्तिण गराउन सफल भएका छन । झण्डै ६० देखि अढाईसय हराहारी विद्यार्थी भएका जिल्लाका १० विद्यालयले ५० भन्दा बढी विद्यार्थी उत्र्तीण गराउन सफल भएका हुन । जिल्लाका २सय १३ विद्यालय एसईईमा सहभागि भएका थिए । जसमध्ये १० विद्यालयले मात्रै ५० भन्दा बर्ढी उत्र्तीण भएका हुन । अधिल्लो साता सोमबार राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको एसईई ०८२को अनुसार जिल्लाका सामुदायिक तथा सरकारी विद्यालका सबैभन्दा बढी विद्यार्थी उत्र्तिण गराउन सफल भएका छन । भीमदत्त नगरपालिका सबैभन्दा बढी ७, कृष्णपुर, शुक्लाफाँटा र पुर्नवास नगरपालिका १÷१विद्यालयले ५०बढी विद्यार्थी उत्र्तिण भएका हुन । भीमदत्त नगरपालिका १८ महेन्द्रनगर कटानको महेन्द्रनगर नमुना मावि(साधारण स्कुल)का २८१मध्ये १९७उत्र्ती, बैजनाथ मावि महेन्द्रनगरका १४६मध्ये, ८५,ईन्टरनेशनल पब्लिक स्कुलका ११८मध्ये १०६, लिटिल बुद्ध एकेडेमी(एलबिए)का १५२मध्ये १४०, प्रभात विद्या निकेतन बसन्तपुरका ६९मध्ये ५६, जनज्योती मावि भाँसीका ५५मध्ये ५२, सार्क एजुकेशन फाउण्डेशनका ५५मध्ये ५३, शुक्लाफाँटा नगरपालिका ५पिपलाडीको अनिरुद्र माविका ७१मध्ये ५१, कृष्णपुर नगरपालिका ५ गुलरियाको कञ्चनजंगाका ८८मध्ये ५९ र पुर्नवास नगरपालिका २मोतीबस्तीको सरस्वती माविका ११४मध्ये ८५विद्यार्थी उत्र्तीण भएका छन । यसरी बढी विद्यार्थी संख्या बढी नै विद्यार्थी उत्र्तीण गराउन सफल भएका टप १० विद्यालयको शैक्षिक प्रगति देखेर विद्यार्थी, शिक्षक, अभिभावक, समुदायदेखि सरोकारवालाले आगामी दिनमा थप मेहनतमा जोडदिएका छन । महेन्द्रनगर नमुना मावि(साधारण स्कुल)का व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्रराज विष्टले विद्यालयले अपेक्षा भन्दा केही नतिजा कम भएको बताए । अध्यक्ष विष्टले जिल्लाभै उत्कृष्ठ नतिजा आएको बताउँदै ग्रेटबृद्धिमा थप विद्यार्थी उर्तिण हुने अपेक्षा गर्दै उक्त नमुना विद्यालयले हरेक बर्ष बढी विद्यार्थी भर्नादेखि उर्तिण गराउन सफल भएको बताए । एलबिएका प्रिन्सिपल श्याम सिह मौनीले विद्यालय, शिक्षक, विद्यार्थीको उच्च मेहनतले बढी विद्यार्थी भर्नादेखि विद्यार्थी उत्र्तीण गराउन सफल भएको बताए । उनले आगामी दिनमा थप विद्यार्थी भर्नादेखि उत्र्तीण दर बढ्ने बताए । ईन्टरनेशनल पब्लिक स्कुलका प्रिन्सिपल राजेन्द्र प्रशाद भट्टले विद्यार्थी, शिक्षक, विद्यालयको उच्च मेहनताका साथ उत्कृष्ठ नतिजा ल्याउन सफल भएको बताए । उनका हरेक बर्ष माध्यामिक शिक्षा परीक्षा कक्षा १०मा उक्त विद्यालयका सबैभन्दा बढी विद्यार्थी उर्तीण हुने गरेका छन । शिक्षा विकास तथा समन्वय इकाई कञ्चनपुरका प्रमुख लक्ष्मण गिरीले जिल्लाका केही सरकारी निजीले राम्रो नतिजा ल्याउनका उच्च मेहनतको प्रतिफल दिएको बताए । एसईई नतिजा सुधारका समग्र सरोकारवाला पक्षले निरन्तर मेहनत, ईमान्दारिता आवश्यक रहेको औल्याए ।
एसईई नतिजा ०८२ ः ५० भन्दा बढी विद्यार्थी उत्र्तीण गराउने यि हुन कञ्चनपुरका टप १० विद्यालय

