बिहि, बैशाख २४, २०८३

अखिल क्रान्तिकारी भीमदत्त नगरको अध्यक्षमा भट्ट


कञ्चनपुर, भदौँ २९ अखिल क्रान्तिकारी भीमदत्त नगरको अध्यक्षमा कपिल भट्ट चयन भएका छन । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी भीमदत्त नगरको दोस्रो नगर सम्मेलनबाट अध्यक्षमा भट्ट चयन भएका हुन । क्रान्तिकारी भीमदत्त नगरका युवा नेता भट्टको अध्यक्षतामा २१ सदस्यीय नगर कमिटि चयन गरिएको छ । अखिल क्रान्तिकारी भीमदत्त नगर कमिटिको अध्यक्षमा चयन भएका अपिल भट्टले भीमदत्त नगरका रहेका शैक्षिक क्षेत्रमा हुने विकृती, बिसङगती बिरुद्ध संघर्ष गर्दै शैक्षिक सुधारका क्षेत्रमा काम गर्ने प्रण गरेका छन । दोस्रो नगर सम्मेलनमा अखिल क्रान्तिकारी कञ्चनपुरका संयोजक भुवन सिह विष्ट, क्रान्तिकारी प्रदेशका कोषाध्यक्ष सुरेश भट्ट, क्रान्तिकारी कञ्चनपुरका पुर्व अध्यक्ष बिरेन्द्र राज विष्ट क्रान्तिकारी नेताहरु डम्बर कुँवर, तिकल ठगुन्ना, नेकपा माओवादी केन्द्रका नेता आनन्द सिह धामी लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

Leave a Reply