कञ्चनपुर जेठ १ माध्यामिक परीक्षा शिक्षा(एसईई)०८२ मा कञ्चनपुरको बेलडाँडीका स्थानीय किशोर विद्यार्थी शशांक जोशीले चार जिपिए ल्याएका छन ।
बेलडाँडी गाँउपालिका २ चवन्नीका स्थानीय समेत रहेका महेन्द्रनगरको लिटिल बुद्ध एकेडेमी(एलबिए)का विद्यार्थी जोशीले चार जिपिए ल्याएका हुन ।
गत सोमबार राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको एसईई ०८२को नतिजा शिक्षा विकास तथा समन्वय इकाई कञ्चनपुरको तथ्याङ्क अनुसार एलबिएका छात्र शशांक जोशी र अर्का छात्र अनमोल चन्दले चार जिपिए ल्याएर विद्यालय, जिल्ला मात्रै होईन सुदूरपश्चिमभरी टपर १०भित्रै परेका छन । जबकी सुप प्रदेशभरी झण्डै ५० हजार हराहारी विद्यार्थीले एसईई दिएका थिए ।
०८२ मा भएको एसईई कक्षा १०को परीक्षामा चार जिपिए ल्याएका शंशाकले दुई बर्ष अघि ०८० मा बेलडाँडी गाँउपालिका स्तरिय आधारभूत तह कक्षा ८को परीक्षामा पनि चार जिपिए ल्याएर पालिका टपर भएका थिए ।
स्वास्थ्यकर्मीद्वय पवन कुमार जोशी र कुश्मा कुमारी जोशीका सन्तान(पुत्र) शशांकले शैक्षिक क्षेत्रमा गरेको यो क्रान्तिकारी उपलब्धीको चौतर्फि घरपरिवार, विद्यालयदेखि सरोकारवालामाँझ प्रसंसा भईरहेको छ ।
जोशीलाई विद्यालयले समेत सम्मान गरेको छ । सानैदेखि पढाईमा मेहनती जोशीले भविष्यमा कम्प्युटर ईन्जिनियर बन्ने सपना बोकेका छन ।

