कञ्चनपुर, बैशाख २० कञ्चनपुर जिल्ला अदालत बार एसोसिएसनको अध्यक्षमा अधिवक्ता हरिकृष्ण अवस्थी चयन भएका छन ।

जिल्ला बारको महेन्द्रनगरमा सम्पन्न भएको २३औँ बार्षिक साधारण सभाबाट अध्यक्षमा अवस्थी चयन भएका हुन ।
यस अघि जिल्ला अदालत कञ्चनपुरको श्रेस्तेदारको नेतृत्व सम्हालिसकेका कानुन व्यवसायी अधिवक्ता अवस्थीकोे कमाण्डिङ्गमा अब जिल्ला बार हुनेछ । उपाध्यक्ष शकर बहादुर विष्ट, सचिव विशवभर नाथ, सहसचिव पूर्णिमा भट्ट, कोषाध्यक्ष महेशदत्त भट्ट चयन भएका छन । यस्तै सदस्यहरु तर्फ सदस्यहरु रामदत्त पन्त, सुरेन्द्र सिह भण्डारी, डम्बर चन्द , एन्जिला थापा रहेका छन ।
कञ्चनपुर जिल्ला अदालत बार एसोसिएसनको अध्यक्षमा चयन भएका अधिवक्ता अवस्थीले जिल्लाका कानुन व्यवसायिकहरुको हकहितका साथै पेशागत क्षमता अभिबृद्धिका कार्यक्रम संचालनमा जोडदिएका थिए ।
कञ्चनपुर जिल्ला अदालत बार एसोसिएसनका निर्वतमान अध्यक्ष नरेन्द्र बहादुर सिहको अध्यक्षतामा उच्च अदालत, दिपायल महेन्द्रनगर ईजलासका मुख्य न्यायाधिश श्याम जी प्रधानको प्रमुख आथित्यमा भएको कार्यक्रममा जिल्ला अदालतका न्यायाधिश राजेन्द्र सिह भण्डारी, बार काउन्सिलका निर्वतमान सदस्य प्रकास पाण्डेय, जिल्ला न्यायाधिवक्ता प्रकास भण्डारी, उच्च बारका अध्यक्ष भुपेन्द्र सिह विष्ट सहितका अदालत, सरकारी वकिलदेखि कानुन व्यवसायीहरुको सहभागिता रहेको थियो ।

