शुक्र, जेष्ठ २२, २०८३

कञ्चनपुरमा शिक्षक संघ-संगठनद्वारा शैक्षिक सुधारको माग


कञ्चनपुर।कञ्चनपुरका शिक्षक संघ संगठनदेखि सरोकारवालाहरुले जिल्लाको शैक्षिक सुधारमा जोडदिएका छन ।

तीनै सरकारले शैक्षिक क्षेत्र सुधारका लागि चासो नदिएको भन्दै जिल्लाको शैक्षिक सुधारमा जोडदिएका हुन ।

शनिबार महेन्द्रनगरमा एकिकृत अखिल नेपाल शिक्षक संगठन र अखिल नेपाल शिक्षक संगठनको संयुक्त आयोजनामा समसामयिक शैक्षिक विषयमा आयोजित अन्तरकृया कार्यक्रममा स्थानीय, प्रदेश र संघीय सरकार शिक्षा सुधार भन्दा निकट व्यक्तिहरुलाई सरुवादेखि विद्यालयमा आवश्यकता नभएपनि बजेट दिएर झन समस्या सृजना गरेको बताए ।

अखिल नेपाल शिक्षक संगठन कञ्चनपुरका अध्यक्ष पुष्पमणी जोशीले पछिल्ला दिनहरुमा तीनै तहका सरकारले सार्वजनिक शिक्षा सुधारका कार्यक्रम चासो नदिएको बताए।

एकिकृत अखिल नेपाल शिक्षक संगठन कञ्चनपुरका अध्यक्ष गोविन्द डॉटको अध्यक्षतामा भएको कार्यक्रममा एकिकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय उपमहासचिव धनसिह महराको प्रमुख आथित्यमा भएको कार्यक्रममा शिक्षक सहितका सरोकारवालाको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

Leave a Reply