बुध, बैशाख २३, २०८३

कम्युनिष्ट युवा संगठनद्वारा महेन्द्रनगर नगरविकास समितिको अतिक्रमित जमिन हटाउन माग


कञ्चनपुर, १२ बैशाखनेपाल कम्युनिष्ट पाटी(बहुमत)को युवा संगठनले महेन्द्रनगर नगरविकास समितिको अतिक्रमित जमिन हटाउन माग अघि सारेको छ ।

कम्युनिष्ट युवा संगठन नेपालले कञ्चनपुर स्थित महेन्द्रनगर नगरविकास समितिको अतिक्रमित जमिन हटाउन माग अघि सारेको हो ।

बहुमत निकट कम्युनिष्ट युवा संगठनले नगर विकास समितिको स्वामित्वमा रहेको ६ सय २८ विगाह, ८ कट्टा १३ धुर जमिन गैर कानुनी रुपमा बिक्रि वितरण, लिजमा लिएर दोहन गरेको भन्दै अतिक्रमण हटाउन सरकारसंग माग गरेको छ ।

यसरी जिल्ला सदरमुकाम महेन्द्रनगरमै सरकारी जमिन अतिक्रमित हुँदा निर्वाचित सासददेखि प्रहरी प्रशासनलाई बेखबर नबस्न समेत आग्रह गरिएको छ ।

जिल्लाभरी सरकारी, सार्वजनिक जमिन अतिक्रमण भएको विषयमा पटक पटक सुुचना जारी गर्ने अनि नहटाने प्रवृति लज्जास्पद भएको कम्युनिष्ट युवा संगठनको ठहर छ ।

कम्युनिष्ट युवा संगठन कञ्चनपुरका अध्यक्ष अनमोल ठकुरीले हस्ताक्षर गरेको विज्ञप्तीमा नियम विपरितका जमिन खाली गर्न र अवैध सरचना भत्काउन माग अघि सार्दै सरकारले अतिक्रमण हटाउने काम नगरे आन्दोलनको चेतावनी दिएको छ । सरकारले समेत सयदिनभित्रै देशभरको सरकारी अतिक्रमित जमिन हटाउने लक्ष्य अघि सारेका छन ।

सम्बन्धित समाचार