बुध, बैशाख २३, २०८३

कञ्चनपुरमा सही मतदान हुनेक्रम रोकिएन


कञ्चनपुर, बैशाख ४कञ्चनपुरमा यस पटक पनि सही मतदान हुनेक्रम अझै रोकिएको छैन । गत विगतका निर्वाचन जस्तै अहिलेको निर्वाचनमा पनि बदरमत नरोकिएको हो ।

जिल्लाका तीनै निर्वाचन क्षेत्रमा बदरमत निरन्तर जारी रहेको छ । प्रत्यक्ष १२ हजार ६२७ र समानुपातिक ११ हजार ३२७मत बदर भएका छन । प्रत्यक्ष तर्फ कुल मतदाता ३लाख, १४ हजार ३८५मतदाता मध्ये १लाख, ८४ हजार ३४१मत खसेका थिए ।

१लाख, ७१ हजार, ७१४मत सदर भएका थिए । प्रत्यक्ष तर्फ क्षेत्र १मा ३हजार ७३४, क्षेत्र २ ४ हजार २३० र क्षेत्र ३मा ४ हजार ६६३मत बदर अर्थात सदरमतको ७.३५प्रतिशत मत बदर भएका छन । यस्तै अस्थायी मतदाता सहित समानुपातिक तर्फ ३लाख, १७ हजार ६२३मतदाता मध्ये १लाख, ८४ हजार, ४९७मत खसेका थिए ।

जसमध्ये १लाख, ७४ हजार, ३०३मत सदर भएका थिए । क्षेत्र १मा ३ हजार २३४, क्षेत्र २मा ३हजार ४३० र क्षेत्र ३मा ४हजार ६६३मत बदर अर्थात ६.४९ प्रतिशत बदर भएका छन । २अस्थायी सहित ३६२ केन्द्रबाट मतदान भएको थियो । यस पटक पनि समयमै प्रभावकारी मतदाता शिक्षा नहुँदा बदरमत नरोकिएको स्थानीय जानकारहरुको भनाई छ ।

निर्वाचन परीवेक्षक समेत रहेका प्रभुनिधी पन्तले समयमै प्रभावकारी मतदाता शिक्षा नहुँदा बदर मतको संख्या बढिरहेको बताउँदै अब समयमै निर्वाचन आयोगदेखिका सरकारी निकायबाट पहल हुनुपर्नेमा सुझाव दिएका छन ।

कञ्चनपुर जिल्ला निर्वाचन अधिकारी हरिशचन्द्र जोशीले जिल्लाभरीका ९२वटै वडाहरुमा मतदाता शिक्षाका लागि स्वयमसेवक खटाएको र उनीहरु मार्फत सहि मतदान गर्न सिकाएको भएपनि बदरमत नरोकिएको बताए ।

पाँच बर्ष अघि अर्थात ०७८मा कञ्चनपुर जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गरिएपनि बदर मतदानले चिन्ता उत्पन्न गराएको छ ।

सम्बन्धित समाचार