कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा रहेको महाकाली बहुप्राविधिक शिक्षालयको बार्षिकोत्सव दिवस सम्पन्न भएको छ ।
शनिबार एक कार्यक्रमका विच भीमदत्त नगरपालिका ४ महेन्द्रनगरमा रहेको महाकाली बहुप्राविधिक शिक्षालयको बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको हो ।
सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिलामन्त्री बहादुर सिह थापाले बार्षिकोत्सवको उद्घाटन गर्दै शिक्षालयले यस क्षेत्रको प्राविधिक शिक्षामा गरिरहेको प्रगतिमा निरन्तरता दिनुपर्नेमा जोडदिएका छन ।
मन्त्री थापाले शिक्षामा थप सहयोगका लागि प्रदेश सरकारबाट तयार रहेको बताए । कार्यक्रमका बिशिष्ठ अथिति समेत रहेका भीमदत्त नगरका तत्तकालिन मेयर सुरेन्द्र विष्टले यस क्षेत्रका विद्यार्थीलाई प्राविधिक शिक्षा अध्ययनका लागि सहजताका लागि पालिकाले अघि सारेको योजना थप कार्यान्वयनमा जोडदिए ।
शिक्षालयका निर्देशक परमल सिह साउदले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै आगामी दिनमा नसिङदेखि डेन्डलका शैक्षिक योजना कार्यक्रम संचालनमा जोडदिएका छन । निर्देशक साउदका अनुसार अहिले ३७०विद्यार्थी अध्ययनरतछन ।
शिक्षालयका अध्यक्ष समेत रहेका भीमदत्त नगरका मेयर पदम बोगटीले शिक्षालयको थप बृद्धि विकासका लागि पालिका सरकार तयार रहेको बताए ।
शिक्षालयमा सहयोग गर्ने महानुभावहरुलाई सम्मान गरिएको छ । शिक्षकद्वय चुणमणी शर्मा र धर्मानन्द भट्टले संचालन गरेको कार्यक्रममा विभिन्न विद्यामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरणका साथै साँस्कृतिक कार्यक्रम गरिएको थियो ।
भीमदत्त नगरपालिका स्थानीय सरकारबाट संचालित उक्त प्राविधिक शिक्षालयले यस क्षेत्रका विद्यार्थीलाई प्राविधिक शिक्षा अध्ययनमा टेवा पु¥याएको अभिभावकको भनाई छ।

