बुध, बैशाख २३, २०८३

मध्यस्थता प्रयासमा शेखर, दुवै पक्षसँग वार्ताका लागि यी नेतालाई दिए जिम्मेवारी


काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पार्टीभित्रको विवाद समाधान गर्नको लागि मध्यमार्गी भूमिका खेल्ने निष्कर्षमा पुगेका छन्।आफूनिकट नेताहरूसँग छलफलपछि कोइरालाले पार्टीको आधिकारिता विवादमा सर्वोच्चको फैसला स्वीकारेर अघि बढ्ने निष्कर्षमा पुगेका हुन्।

मंगलबार करिब ४ घण्टाको छलफलपछि कोइरालाले दुवै पक्षसँग संवाद गर्न छुट्टाछुट्टै वार्ता टोलीसमेत गठन गरेका छन्।पूर्वसभापति शेरबहादुर देउवा पक्षसँग छलफलका लागि कोइरालाले डा. मिनेन्द्र रिजाल र गोविन्द पोखरेललाई अघि सारेका छन्।

भने संस्थापन पक्षसँग वार्ताको लागि तत्कालीन कार्यसमितिका सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डेलाई जिम्मेवारी दिइएको एक नेताले बताए।

देउवा पक्षले गगन थापालाई सभापति अस्वीकार गर्दै समानान्तर गतिविधि बढाएपछि पार्टी विभाजनतिर अघि बढेको छ। संस्थापन पक्ष भने १५ औँ महाधिवेशनतिर अघि बढेको छ।

सम्बन्धित समाचार