महेन्द्रनगर । मदन चोक क्षेत्रका व्यवसायीहरुले पसलबाट चोरिएको रकम फिर्ताका लागि पहल गरि दिन कञ्चनपुर उद्योग बाणिज्य संघलाई गुहारेका छन् ।आइतबार राति आधा दर्जन पसलमा सटर तोडेर चोरी भएको थियो ।
जिल्ला प्रहरी कार्यालयले चोरीपछि घट्नास्थल मुचुल्का बनाएर सोधपुछका लागि दुई जनालाई पक्राउ गरेको थियो ।व्यवसायीहरुले संघलाई मागपत्र बुझाएर चोर िगरिएको रकम अशुल गरी सम्बन्धित व्यवसायीलाई उपलब्ध गराई दिन आग्रह गरेका छन् ।
संघका महासचिव राहुल भट्टलाई मागपत्र बुझाइएको छ । मागपत्र बुझाउन संघका सदस्य सरिता भण्डारी समेत सहभागी भइन् । उनी मदन चोक क्षेत्रका व्यवसायी हुन् ।
मागपत्रमा व्यवसायीले मुख्य बजार क्षेत्रमा चोरीको घट्नाले व्यवसायी सुरक्षित नभएको गुनासो गरेका छन् । उनीहरुले व्यवसायलाई शान्त र सुरक्षित बनाउनका लागि सम्बन्धित निकायसित पहल गरि दिन पनि संघसित आग्रह गरेका छन् ।


