परराष्ट्रमन्त्री शिशिर खनाल आज मौरिसस भ्रमणमा जाने भएका छन् । उनी इन्डियन ओसन सम्मेलन २०२६ मा सहभागी हुन मौरिससको राजधानी पोर्ट लुइस प्रस्थान गर्न लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्रमन्त्री खनाल भारतीय विदेशमन्त्री डा जयशंकर को निमन्त्रणामा जान लागेका हुन् । यो सम्मेलन शुक्रवारदेखि आइतवारसम्म सञ्चालन हुनेछ ।
इन्डिया फाउन्डेशन ले मौरिसस सरकार सँगको सहकार्यमा यो कार्यक्रम आयोजना गर्न लागेको हो । सम्मेलनमा परराष्ट्रमन्त्री खनालले सम्बोधन गर्ने कार्यक्रम छ ।
परराष्ट्र मन्त्रालयका अनुसार खनालले हिमाल–समुद्र पारिस्थितिक सम्बन्ध, आर्थिक विकासका लागि समुद्री सम्पर्कसञ्जालको महत्व लगायतबारे सम्बोधन गर्ने कायर्उक्रम छ ।
उनले त्यहाँ सहभागी हुने भारत, बंगलादेश र भुटानका विदशेमन्त्रीहरुसँग भेटवार्ता गर्नेछन् । उनी सोमवार स्वदेश फर्किनेछन् ।

