धनगढी । धनगढी उपमहानगरपालिका–२ मा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–४ बस्ने ६७ वर्षीय पुष्पराज पन्त सहित ८ जना रहेका छन्।
जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले बुधबार साँझ उनीहरूलाई नगद ५७ हजार १७० रुपैयाँ र २ गड्डी ताससहित पक्राउ गरेको हो।घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

