बेलौरी – कञ्चनपुरको बेलौरी नगरपालिका – ९ ले वडामा शव चिस्यानको सुविधा सुचारु गरेको छ । मंगलबारदेखि वडाले यो सुविधा सुचारु गरेको हो ।
मृत शरीर टाढा लैजानुपर्ने झन्झट कम गर्न स्थानीय स्तरमै सम्मानपूर्वक र व्यवस्थित रूपमा शव राख्नको लागि शव चिस्यानको व्यवस्था मिलाइएको वडा कार्यालयले जनाएको छ ।
वडा अध्यक्ष किसान रानाका अनुसार चिस्यान मेसिन बेलौरी नगरपालिकाले खरिद गरी राखिएको लामो समय पछि वडा कार्यालयले स्टप्लाईजर खरिद गरी मंगलबारबाट औपचारिक रूपमा सेवा सुचारु गरिएको छ ।

