काठमाडौंका यातायात कार्यालयहरूबाट प्रहरीले १६ बिचौलियालाई पक्राउ गरेको छ।
प्रहरीले मंगलबार यातायात कार्यालय सानोभ¥याङबाट आठजना र गुर्जुधाराबाट आठजनालाई नियन्त्रणमा लिएको हो।
सवारी दर्ता किताब (बिलबुक) नवीकरण गरिदिने भन्दै सेवाग्राहीलाई अनावश्यक दुःख दिएको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो।
एक लाख २२ हजार नगद र ५३ थान बिलबुकसहित उनीहरुलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

