काठमाडौं रास्वपा सभापति रवि लामिछाने र राष्ट्रिय सभा सदस्य महन्थ ठाकुरबिच भेटवार्ता भएको छ।
लामिछानेको निजी निवास बुढानिलकण्ठमा भेटबार्ता भएको हो । वर्तमान राजनीति, मधेसको विकास र प्राथमिकता दिनुपर्ने योजनालगायत विषयमा कुराकानी भएको जनाइएको छ ।
पछिल्लो जनादेशअनुसार समग्र विकासका निम्ति सहकार्य गरेर अघि बढ्ने कुरामा दुबै पक्ष एकमत भएको लामिछानेको सचिवालयले जानकारी दिएको छ।

