२०८३ कार्तिक ११, बुधवार

नेपाल राष्ट्रिय प्राध्यापक संगठन सुप विश्वविद्यालय केन्द्रीय क्याम्पसको अध्यक्षमा ईन्जिनियर जोशी


कञ्चनपुर,नेपाल राष्ट्रिय प्राध्यापक संगठन सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसको अध्यक्षमा ईन्जिनियर नारद प्रशाद जोशी चयन भएका छन । नेपाल राष्ट्रिय प्राध्यापक संगठन सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसको चौथो सम्मेलनबाट ईन्जिनियर नारद प्रशाद जोशी चयन भएका हुन । उपाध्यक्ष निर्मला बम, सचिव सुर्दशन कुँवर, कोषाध्यक्ष दिपक राज पाण्डेय, सदस्य भुपेश पन्त, प्रकास थापा रहेका छन । यस्तै प्राडा चन्दन बोहरा, डा. भुपेन्द्र विष्ट, शकर पुजारा, जयराम पन्थी सल्लाहकार रहेका छन । नेपाल राष्ट्रिय प्राध्यापक संगठन सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसको अध्यक्षमा ईन्जिनियर नारद प्रशाद जोशीले प्राध्यापकहरुको हकहितका क्षेत्रमा काम गर्ने प्रण गरेका छन ।

सम्बन्धित समाचार

Leave a Reply