कञ्चनपुर,नेपाल राष्ट्रिय प्राध्यापक संगठन सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसको अध्यक्षमा ईन्जिनियर नारद प्रशाद जोशी चयन भएका छन । नेपाल राष्ट्रिय प्राध्यापक संगठन सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसको चौथो सम्मेलनबाट ईन्जिनियर नारद प्रशाद जोशी चयन भएका हुन । उपाध्यक्ष निर्मला बम, सचिव सुर्दशन कुँवर, कोषाध्यक्ष दिपक राज पाण्डेय, सदस्य भुपेश पन्त, प्रकास थापा रहेका छन । यस्तै प्राडा चन्दन बोहरा, डा. भुपेन्द्र विष्ट, शकर पुजारा, जयराम पन्थी सल्लाहकार रहेका छन । नेपाल राष्ट्रिय प्राध्यापक संगठन सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसको अध्यक्षमा ईन्जिनियर नारद प्रशाद जोशीले प्राध्यापकहरुको हकहितका क्षेत्रमा काम गर्ने प्रण गरेका छन ।
नेपाल राष्ट्रिय प्राध्यापक संगठन सुप विश्वविद्यालय केन्द्रीय क्याम्पसको अध्यक्षमा ईन्जिनियर जोशी

