बुध, बैशाख २३, २०८३

प्रधानमन्त्री पदको शपथ अगाडि बालेनको ‘जय महाकाली’ : भिडियोमा के छ ?


काठमाडौँ – प्रधानमन्त्री पदको शपथ अगाडि राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले नयाँ गीत सार्वजनिक गरेका छन्।

बिहिबार प्रतिनिधिसभा सदस्य पदको शपथ लिए लगत्तै उनले ‘जय महाकाली’ नामक गीत आफ्नो युट्युबमा सार्वजनिक गरेका हुन्।

गीतमा बालेनले र्‍याप गरेका छन्। स्वपनिल शर्माको स्वर रहेको गीतको शब्द र कम्पोज पनि बालेन आफैंले गरेका हुन्। संगीत भने फोजिल क्रोनिक बट्सले भरेका छन्।

गीतको भिडियोमा बालेनले निर्वाचनका दौरान गरेका चुनावी अभियानका फुटेज देख्न सकिन्छ ।

सम्बन्धित समाचार