बुध, बैशाख २३, २०८३

वीरगञ्जमा परीक्षा स्थगितको विरोध उग्र: विद्यार्थीमाथि लाठीचार्जको आरोप, घण्टाघर सडक अवरुद्ध


वीरगञ्जको हरिखेतान कलेजमा कक्षा १२ को टर्मिनल परीक्षा स्थगित भएपछि विद्यार्थीहरूले आइतबार घण्टाघर क्षेत्रमा सडक अवरुद्ध गर्दै प्रदर्शन गरेका छन्।प्रहरीले क्याम्पस ड्रेसमा रहेका विद्यार्थीमाथि लाठीचार्ज गरेको विद्यार्थीहरूले आरोप लगाएका छन् भने प्रहरीले सामान्य बल प्रयोग गरिएको बताएको छ।

प्रदर्शनका कारण घण्टाघर क्षेत्रको मुख्य सडक दुईतर्फी रूपमा अवरुद्ध भएको छ र ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।८ चैत, वीरगञ्ज । वीरगञ्जको हरिखेतान कलेजमा अध्ययनरत विद्यार्थीहरूले आइतबार घण्टाघर क्षेत्रमा सडक अवरुद्ध गर्दै प्रदर्शन गरेका छन् ।

कक्षा १२ को टर्मिनल परीक्षा अन्तिम समयमा स्थगित गरिएको विरोधमा विद्यार्थीहरू आन्दोलित बनेका हुन्।कलेज प्रशासनको निर्णयप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूले क्याम्पस परिसरमै नाराबाजी सुरु गरेका थिए । सो क्रममा स्थिति तनावग्रस्त बन्दै गएपछि प्रहरी क्याम्पसभित्र प्रवेश गरेको थियो । विद्यार्थीहरूको आरोप अनुसार प्रहरी टोलीले क्याम्पस ड्रेसमै रहेका उनीहरूमाथि लाठीचार्ज गरेको हो।

प्रहरीले अत्यधिक बल प्रयोग गरेको विरोधमा उनीहरूले डीएसपी, क्याम्पस प्रमुख तथा व्यवस्थापन समितिका पदाधिकारीमाथि कारबाहीको माग राखेका छन् ।जिल्ला प्रहरी कार्यालय पर्साले भने प्रदर्शनका क्रममा केही विद्यार्थीले तोडफोड गरेपछि स्थिति नियन्त्रणमा लिन सामान्य बल प्रयोग गरिएको जनाएको छ।प्रदर्शन चर्किएपछि घण्टाघर क्षेत्रको मुख्य सडक दुईतर्फी रूपमा अवरुद्ध भएको छ ।

सम्बन्धित समाचार