दार्चुला: दार्चुलामा चरेशसहित एक युवक पक्राउ परेका छन् । व्याँस गाउँपालिका –४, दुम्लिङ घर भएका २२ बर्षीय बिराज कामीलाई ८ ग्राम चरेशसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
कामीलाई महाकाली नगरपालिका–१, लास्कु खोलाबाट चरेशसहित पक्राउ गरिएको हो ।सामुदायिक प्रहरी सेवा केन्द्र बाङगाबगरबाट खटिएको प्रहरी टोलीले शंका लागेर जाँच गर्दा उनको साथबाट उक्त पदार्थ फेला पारेको जनाएको छ ।
आवश्यक प्रक्रिया पूरा गरी उनलाई शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

