आइत, असार ७, २०८३

डोटेली भाषाको “सैयाँ वन्डरफुल ” बोलको गीत सार्वजनिक


कञ्चनपुर ,कञ्चनपुरको महेन्द्रनगरमा डोटेली भाषाको “सैयाँ वन्डरफुल” बोलको नयाँ गीत पत्रकार सम्मेलन मार्फत बुधबार सार्वजनिक भएको छ ।

निर्माण पक्षका अनुसार, यो गीत बिग एजुकेशनको रहेको र युट्युब च्यानल रातोतातो स्टेशन मार्फत सार्वजनिक गरिएको हो । यस गीतमा निरज भण्डारी र मनिषा बोहराको अभिनय रहेको छ । गीतको निर्देशन विक्रम क्षेत्रीले गरेका हुन् भने शब्द, संरचना तथा स्वर रोहित साउदको रहेको छ भने फिमेल स्वर पिंकी बोहराले दिएका छन् ।

गीत निर्माणको मुख्य उद्देश्य लोप हुँदै गएको डोटेली भाषा र संस्कृतिको संरक्षण गर्नु रहेको छ । विशेषगरी ¥याफ शैलीमार्फत स्थानीय भाषा र सांस्कृतिक पहिचानलाई जोगाउने प्रयास गरिएको जनाइएको छ ।

करिब १ लाख २० हजार रुपैयाँको लगानीमा निर्माण गरिएको कलाकार निरज भण्डारीले जानकारी दिएका छन् । यसअघि पनि उक्त टिमले “पहाडीको छैनौ”, “पुतली”, “हैलाबुदी” लगायतका गीतहरू सार्वजनिक गरिसकेको छ ।

सम्बन्धित समाचार