बिहि, जेष्ठ २१, २०८३

बाजुरामा ढुंगा प्रहार गरी एक युवकको हत्या


कञ्चनपुर,जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका वडा २ पुडेनीमा ढुंगा प्रहारबाट एक जना युवाको हत्या भएकाे छ। सोमबार साँझ पुडेनी बस्ने अन्दाजी ३५ वर्षका सर्वाश बुढाको ढुंगा प्रहार गरी हत्या भएको खुलेको छ।

सोही ठाँउ बस्ने अन्दाजी ४५ वर्षका धनबहादुर महतरा र उनका छोरा अन्दाजी १८ वर्षका हेमराज महतराले सर्वाशको टाउकोमा ढुंगा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाबारे वडाध्यक्ष विष्णुबहादुर बुढाले प्रहरीलाई जानकारी गराएपछि इलाका प्रहरी कार्यालय मुक्तिकोटबाट प्रहरी नायब निरीक्षक रवीन्द्र धामीको नेतृत्वमा टोलीखटिएको थियो ।

कुटपिटमा संलग्न धन बहादुर महतरालाई घटनास्थलबाटै नियन्त्रणमा लिइएको छ भने उनका छोरा हेमराज महतरा फरार रहेको र खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ ।

घटनाको थप अनुसन्धनका लागि इलाका प्रहरी कार्यालय बुढीनन्दाबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार