कञ्चनपुर फागुन २ नेपाल बीमा प्राधिकरणले कञ्चनपुरका पत्रकारहरुसंग बीमा सम्बन्धी अन्तरकृया गरेको छ ।
शुक्रबार महेन्द्रनगरमा बीमा प्राधिकरणले बीमा सम्बन्धी कञ्चनपुरका पत्रकारसंग अन्तरकृया गरेको हो ।प्रांधिकरणले नेपाल पत्रकार महासंघ सुप प्रंदेश र जिल्ला कार्य समितिसंगको सहकार्यमा पत्रकारहरुसंग बीमाको विवित महत्वका विषयमा अन्तरकृया एव अभिमुखिकरण गरेको छ ।
नेपाल बीमा प्राधिकरण सुप प्रदेशका प्रमुख ह्दय पण्डितले बीमा कम्पनी र बीमाका सेवाग्राहीविच आउने समस्या बारे सहि सत्यतथ्य सुचना संचारका लागि जिल्लाका सचारकर्मीसंग छलफल गरेको बताए ।
नेपाल पत्रकार महासंघ सुप प्रंदेशका अध्यक्ष भरत शाह, महासचिव शिवराज भट्ट, कञ्चनपुर अध्यक्ष सुरेश सिह धामीले कार्यक्रमबाट बीमा बारे थप जानकारी भई बीमा क्षेत्रमा समाचार संकलनमा सहज हुने बताए ।
कार्यक्रममा जिल्लाका विभिन्न संचार माध्यममा कार्यरत पत्रकारको सहभागिता रहेको थियो ।

