मोहन विष्ट कञ्चनपुर, २७ फागुन कञ्चनपुर निर्वाचन क्षेत्र १बाट राष्ट्रिय स्वतन्त्र पाटी(रास्वपा)का निर्वाचित उम्मेदवार जनक सिह धामीले चुनाव खर्च बुझाएका छन ।निर्वाचन सम्पन्न भएको एक सातामै रास्वपा उम्मेदवार धामीले चुनाव खर्च बुझाएका हुन ।
बुधबार स्वयम निर्वाचित सासद धामीले निर्वाचन अधिकारी हरिशचन्द्र जोशीलाई निर्वाचन खर्च बुझाएका छन ।धामीले आयोगले तोके भन्दा कम २१ लाख, ५५ हजार, ६६५रुपैया खर्च गरेका छन ।
निर्वाचन कार्यालय कञ्चनपुरका सुचना अधिकारी निर्वाचित सासद धामी सहित लोकराज भटट्, बचन बहादुर सिह, धर्मानन्द जोशी प्रेमबती रानाले खर्च बुझाईसकेको बताए । मत परिमाण घोषणा भएको ३०दिनभित्र चुनाव खर्च बुझाईसक्नुपर्ने प्रावधान छ ।

