बिहि, जेष्ठ २१, २०८३

मोरङमा रोकिएको मतगणना पुनः सुरु


काठमाडौँ । मोरङ क्षेत्र नम्बर १ मा रोकिएको मतगणना पुनः सुरु भएको छ । सदर र बदर मतको विषयलाई लिएर यहाँ केही क्षण मतगणना रोकिएको थियो ।

करिब २ घन्टा रोकिएको मतगणना पुनः सुरु भएको मोरङ क्षेत्र नम्बर १ का निर्वाचन अधिकृत प्रकाश घिमिरेले रातोपाटीलाई जानकारी दिए । यहाँ नेपाली कांग्रेसबाट खड्गबहादुर फागो, रास्वपाबाट यज्ञमणि न्यौपाने, नेकपा एमालेबाट घनश्याम खतिवडा उम्मेदवार छन् ।

त्यस्तै श्रम संस्कृति पार्टीबाट यहाँ शान्तिमाया पाख्रिन उम्मेदवार छिन् । ३०३७८ जम्मा मतगणना हुँदा २८५०५ मत सदर र १८७३ बदर मत खसेको छ । यहाँ १०२५६ मतसहित रास्वपाका न्यौपाने अग्रता बनाइरहेका छन् ।

सम्बन्धित समाचार