कालिकोट, कालिकोटमा नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार महेन्द्रबहादुर शाही निर्वाचितभएका छन्। ११ हजार ३३८ मतसहित उनी निर्वाचित भएका हुन्।
२०७९ को निर्वाचनमा पनि उनी कालिकोटबाट विजयी भएका थिए। यहाँ नेकपा एमालेका नगिन्द्र शाहीले १० हजार ३ सय ५२ मत ल्याई उपविजेता भए।
नेपाली कांग्रेसका हर्षबहादुर शाहीले ७ हजार १३३ मत पाए । नेकपाको यो दोसो विजय हो। यसअघि नेकपाका अध्यक्ष प्रचण्डले रुकुम पूर्वमा जितेका थिए।

