शुक्र, जेष्ठ २२, २०८३

मनाङबाट काग्रेसका गुरुङ तेस्रो कार्यकालका लागि निर्वाचित


हिमालपारिको जिल्ला मनाङबाट नेपाली कागे्रसका नेता टेक बहादुर गुरुङ विजयी भएका छन् । निकटतम् प्रतिद्वन्द्वी नेकपाकी यशोदा गुरुङ सुवेदीलाई एक हजार ९६१ मत अन्तरले पराजित गदै उनी विजयी भएका हुन ।

उनले दुई हजार ४१५ मत ल्याउँदा सुवेदीले ४५४ मत मात्र पाइन्। अर्का उम्मेदवार मंगोल नेशनल अर्गनाईजेशनका राम बहादुर घलेले जम्मा नौ मत मात्र पाए । यहाँ एमाले र रास्वपाका उम्मेदवार थिएनन्। जिल्लामा सात हजार मतदाता रहेकोमा ४२.८६ प्रतिशत मत खसेको थियो ।जित सगै तेस्रो पटक संसदीय यात्रा तय गरेका गुरुङ यस अघि २०७० मा सम्पन्न दोस्रो संविधान सभा निर्वाचनमा विजयी भएकोमा २०७४ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा (एमाले) का पोल्देन छोपाङ गुरुङसँग २८९ मत अन्तरले पराजित भएका थिए । २०७९ को निर्वाचनमा उनी दुई हजार ५७५ मत ल्याएर विजयी भएका थिए ।

भष्ट्राचार आरोपमा मुद्धामा दोषी ठहर

निर्वाचित गुरुङ भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका व्यक्ति हुन् । समाज कल्याण परिषद्सँग लिजमा लिइएको भृकुटीमण्डपस्थित फनपार्कको जग्गा सस्तोमा भाडामा दिएर भ्रष्टाचार गरेको आरोपमा गुरुङसहित १४ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २१ माघ २०७५ मा विशेष अदालतमा भ्रष्टाचार मुद्धा दत्र्ता गरेकोमा १६ फागुन ०७९ मा अदालतले उनी सगै अन्यलाई दोषी ठहर गरेको थियो ।भ्रष्टाचार आरोपमा दोषी ठहर भएपछि उनी निलम्बनमा परेका थिए ।

निलम्बनमा परेपछि उनी सर्वोच्च अदालत गएकोमा १६ चैत २०८० मा उनको सांसद पद निलम्वन नहुने फैसला सुनाएपछि उनको निलम्वन फुकुवा भएको थियो । उनको मुद्धा हाल सर्वाेच्च अदालतमा विचाराधिन अवस्थामा रहेको छ ।

गोलाप्रथापछि पाएका थिए एमालेको समर्थन

विजयी उनले ९ माघमा भएको गोला प्रथापछि नेकपा एमालेका उम्मेदवार पोल्देन छोपाङ गुरुङ र राप्रपाका कुविर सिंङ गुरुङको साथ पाएका थिए । उनीहरुले आफनो उम्मेदवारी फित्र्ता लिदै काग्रेसका गुरुङलाई सघाउने निर्णय भएको थियो ।भ्राताङमा भएको भेलामा तीन उम्मेदवारबिचमा सहमति नजुटेपछि लामा गुरुहरुको आग्रहपछि उनीहरुकै रोहवरमा ९ माघमा ‘चिट्ठा’ थुत्ने निर्णय भेलाले गरेको थियो ।

‘चिट्ठा’ काग्रेसका उम्मेदवारलाई परेपछि उनीहरु दुई जना पछि हटेका थिए ।‘चिट्ठा’ मार्फत लेनदेन मिलाईएको मनाङमा प्रतिनिधि सभा सदस्यको छिनोफानेसँगै अब हुने प्रदेश सभाको निर्वाचनमा भने जिल्लाको दुबै क्षेत्र कांग्रेसले एमालेलाई छाड्नु पर्ने सहमति भएको थियो ।

दुबै निर्वाचनको लागि भनी ‘चिट्ठा’ थुतिएकाले अव हुने प्रदेश सभा सदस्यको निर्वाचनमा काग्रेसले आफनो उम्मेदवार नउठाई एमालेका उम्मेदवारलाई सहयोग गर्ने गरि ९ माघको भेलाले निर्णय समेत गरेको थियो । निर्वाचनका समय हुन सक्ने झैझगडा लगायतका कुराहरु देखाउदै लामागुरुहरुले उम्मेवारहरुलाई सहमतिमा ल्याउने प्रयास पछि ‘चिट्ठा’ मार्फत अन्तिम निर्णय गरेका थिए

सम्बन्धित समाचार