शुक्र, जेष्ठ २२, २०८३

चितवन २ मा रवि लामिछानेको अग्रता कायमै


प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत चितवन निर्वाचन क्षेत्र नम्बर २ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता कायम राखेका छन् ।

उनले अन्य दलका उम्मेदवारको तुलनामा मत बढाउँदै लगेका छन्।पछिल्लो मतपरिणामअनुसार लामिछानेले आठ हजार १५ मत प्राप्त गरेका छन् । उनलाई पछ्याउँदै गरेका एमालेका उम्मेदवार अस्मिन घिमिरे दुई हजार ५९० मतसहित दोस्रो स्थानमा छन् ।

त्यसैगरी नेपाली कांग्रेसकी उम्मेदवार मीना खरेलले दुई हजार ४८१ मत प्राप्त गरेकी छिन् भने नेकपाका प्रताप गुरुङले एक हजार ७५६ मत पाएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतगणना प्रक्रिया अझै जारी छ र अन्तिम परिणाम आउन केही समय लाग्नेछ।

सम्बन्धित समाचार