कञ्चनपुर: प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा मतगणना जारी रहेको छ । पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जनक सिंह धामी ९८३ मतसहित अग्रस्थानमा रहेका छन् ।त्यसैगरी नेकपा (एमाले) का उम्मेदवार तारा लामा तामाङले ५२४ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिष्ट पार्टीकी उम्मेदवार बीना मगरले ३८६ मत प्राप्त गरेकी छन् । यस्तै नेपाली काँग्रेसका उम्मेदवार गोपी प्रसाद उपाध्यायले ३७३ मत प्राप्त गरेका छन् ।अन्य उम्मेदवारहरूको मत परिणाम यस प्रकार रहेको छ :माइकल तामाङ (उज्यालो नेपाल पार्टी) – ११०दिल्ली बहादुर शाही (राष्ट्रिय प्रजातन्त्र पार्टी) – ४२अन्यको विवरण अद्यावधिक हुन बाँकी रहेको छ ।मतगणना जारी रहेकाले आगामी परिणाममा फेरबदल हुन सक्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कुल १ लाख १ हजार ७२४ मतदाता रहेको क्षेत्र नम्बर १ मा ६१ हजार ७४ मत खसेको छ । जसमा ३३ हजार ४०३ महिला र २७ हजार ६७१ पुरुष मतदाता रहेका छन् । यस क्षेत्रमा ६०.०३ प्रतिशत मतदान भएको छ । १९ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् ।

