कञ्चनपुर । प्रतिनिधी सभा निर्वाचनको लागी देशमा अहिले मतदान भईरहेको छ् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाका शान्तीपुर्णरुपमा मतदान भईरहेको छ् । कञ्चनपुर क्षेत्र नं. ३ अन्तर्गत पर्ने दोधारा चाँदनी नगरपालिकामा १६ वटा मतदान स्थलमा ३३ वटा मतदान केन्द्र रहेका छन् । जम्मा २७ हजार ६ सय १७ जना मतदाता रहेको दोधारा चाँदनी नगरपालिकामा उत्साहजनकरुपमा मतदान भईरहेको मतदान स्थलका मतदान अधिकृतहरुले जनाएका छन् । बिगतका भन्दा यस पटकको प्रतिनिधी सभा निर्वाचनमा खासै उत्साह देख्न नपाएको पर्यवेक्षक राजकुमार सुनारले बताउनुभयो ।पुरुषको भन्दा महिलाको उपस्थिती केही बढी देखिएता पनि मतदाताहरुमा खासै जाँगर र उत्साह नभएको पाईएको उहाँको भनाई छ् । पर्यवेक्षक राजकुमार सुनारका अनुसार अनुसार बिगतका ६० प्रतिशत बढी मत खस्ने दोधारा चाँदनी नगरपालिका क्षेत्रमा यस पटक ४५ देखि ५० प्रतिशत मत खस्नसक्ने आंकलन गर्नुभएको छ् ।मतदान स्थलमा बिना अनुमती मोटरसाईकल सञ्चालन भईरहेपनि नेपाली प्रहरी, निर्वाचन प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले बिना अनुमती लिएर गुडिरहेका मोटसाईकललाई नियन्त्रमा लिने कार्य गर्दै आएको सुरक्षा अधिकारीहरुले जनाएका छन् । दोधारा चाँदनी नगरपालिकामा बिभिन्न बिद्यालयमा रहेका मतदान स्थल तथा केन्द्रमा मतदाता भोट खसाल्न लामबद्ध भएका छन् ।1

