शुक्र, जेष्ठ २२, २०८३

भीमदत्तका क्रिरियापुत्री सार्की दाजुभाईद्वारा मतदान


कञ्चनपुर, २१फागुन कञ्चनपुरमा क्रिरियापुत्रीले पनि मतदान गरेका छन । क्रिरियापुत्रीद्वय बलराम सार्की र कृष्ण सार्की क्रिरियापुत्रीले मतदान गरेका हुन ।

क्रिरियापुत्रीद्वय सार्की दाजुभाईले क्षेत्र नम्बर ३ अन्र्तरगत भीमदत्त नगरपालिका ८तिलाचौर स्थित त्रिभुवन मावि मतदान केन्द्रमा मतदान गरेका छन ।

केही दिन अघि बलराम र कृष्णकी ममतामयी आमा रामसरी सार्कीको निधन भएको थियो । क्रिरियामा रहेका सार्की दाजुभाईले जनप्रतिधी छान्ने निर्वाचनमा घर परिवार शोकाकुलमा रहेका बेलामा पनि मतदान गरेको बताएका छन ।

३० वडा रहेको यस क्षेत्र ३ मा ५०हजार ४८७पुरुष, ५२ हजार, ६सय महिला गरेर १लाख ३ हजार, ८७मतदाता रहेका छन । भने, ३७मतदान स्थलमा ११५मतदान केन्द्र रहेका छन ।

सम्बन्धित समाचार