शुक्र, जेष्ठ २२, २०८३

भुडामा फुटेको नहर मर्मत


कञ्चनपुर, फागुन २० महाकाली सिचाई नहरको भुडामा फुटेको नहर मर्मत गरिएको छ । महाकाली सिँचाई दोस्रो चरण भुडामा फुटेको नहर मर्मत गरिएको हो ।

महाकाली सिँचाई केन्द्रीय जल उपभोक्ता संघका अध्यक्ष भीम बहादुर थापाले निर्वाचनका बेलामा पनि उपलब्ध स्रोत साधन लगाएर मर्मत गरिएको बताए ।

निर्वाचनसंगै कतै होली सहितका सार्वजनिक विदाका बेलामा पनि मर्मत गरिएको बताए । वाढीले २० महिना अघि भत्काएको मोहनपुर भुर्षा नजिकको नहर मर्मत गरेर पानी समेत बगाएको बताउँदै अध्यक्ष थापाले किसानलाई सिँचाई सुविधा हुने बताए ।

झिलमिला क्षेत्रमा नहर चुहिएको विषयमा अध्यक्ष थापाले धेरै ढिलो पानी आएकाले सुक्का भएकाले कतै देखिएको बताए । कतै समस्या देखिए मर्मत सुधार गरिने अध्यक्ष थापाले बताए ।

सम्बन्धित समाचार