शुक्र, जेष्ठ २२, २०८३

नगरकोटबाट फर्कदै गरेको कार भक्तपुरमा दुर्घटना


काठमाडौं,भक्तपुरको चाँगुनारायण नगरापलिका–८ वन कार्यालयस्थित बागेश्वरी भवनको अगाडि सोमबार कार दुर्घटना भएको छ ।

नगरकोटबाट भक्तपुरतर्फ आउँदै गरेको बा ५ च ७८८१ नम्बरको गाडी सडकबाट करीव २ सय मिटर तल खसी दुर्घटना भएको हो ।

सो कारमा सवार ५ जनामध्ये ४ जना घाईतेका भएका छन् । सो दुर्घटना लगत्तै सशस्त्र प्रहरी बल नेपाल निर्वाचन क्षेत्र नम्बर १ को स्ट्राइकिङ टोली उद्धार कार्यमा खटिएको छ ।

उद्धार पश्चात घाईतेहरुलाई उपचारको लागि जिल्ला अस्पताल भक्तपुर पठाइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए।

सम्बन्धित समाचार