कञ्चनपुर, फागुन १८ आशन्न २१फागुनमा हुन लागेको प्रतिनिधी सभा सदस्य निर्वाचनमा होमिएको आम जनता पाटीले कञ्चनपुरका तीनै निर्वाचन क्षेत्रमा प्रचारप्रसार तिव पारेको छ ।
आम जनता पाटीका नेता बिक्रम बमले कञ्चनपुरका तीनै निर्वाचन क्षेत्रमा प्रचारप्रसार तिव पारेको बताए ।
नेता बमका अनुसार क्षेत्र १ सिता विक, २ जग्गु चौधरी र ३मा लक्ष्मी कुमारी विष्ट(भट्ट) सहितका उम्मेदवारदेखि नेता कार्यकर्ताहरु खटिएको बताए ।
उनका अनुसार पाटीको चुनावी एजेण्डा सहित तीनै क्षेत्रका गाँउगाँउ बस्तीहरुमा चुनावी मैदानमा होमिएका छौँ ।

