शुक्र, जेष्ठ २२, २०८३

बबरमहलमा भूमिगत विद्युत् कार्य गर्दा मेलम्ची पाइप फुट्यो, क्षेत्र डुबान


काठमाडौं । काठमाडौंको बबरमहलमा बुधबार दिउँसो विद्युत् प्राधिकरणले भूमिगत विद्युतीकरणको काम गर्ने क्रममा फुटेको मेलम्ची खानेपानी आयोजनाको पाइप मर्मत भइरहेको छ ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का प्रमुख कार्यकारी निर्देशक अशोककुमार पौडेलका अनुसार बुधबार रातिबाटै पाइप मर्मतको काम थालिएको हो ।

उक्त पाइप फुट्दा बुधबार दिउँसो बबरमहल क्षेत्र डुबानमा परेको थियो । प्राधिकरणले ड्रिलिङको काम गर्दा पाइप फुट्न पुगेको थियो ।पाइप फुटेपछि करिब ४ घण्टासम्म पानी आइरहेको थियो ।

प्राधिकरणले उपत्यकामा विद्युत्का तारहरू व्यवस्थि तगर्न भन्दै अण्डरग्राउण्डको काम गरिरहेको छ ।खानेपानी मन्त्री प्रदीप यादवले भने मन्त्रालय र मातहतका निकायसँग समन्वयन नगरी प्राधिकरणले काम गर्दा पाइप फुट्न पुगेको बताएका छन्।

सम्बन्धित समाचार

Leave a Reply