कञ्चनपुर, फागुन १७ राष्ट्रिय स्वतन्त्र पाटी(रास्वपा)का युवा नेता रमेश प्रसाईले कञ्चनपुर क्षेत्र १का जनतासंग रास्वपा उम्मेदवार जनक सिह धामीलाई जिताउन आब्हान गरेका छन । आइतबार बेलौरीमा रास्वपाको चुनावी सभा सम्बोधन गर्दैै नेता प्रसाईले क्षेत्र १का जनतासंग रास्वपा उम्मेदवार जनक सिह धामीलाई जिताउन आब्हान गरेका हुन ।
रास्वपा सहप्रवक्ता समेत रहेका स्पष्ट वक्ता नेता प्रसाईले क्षेत्रको दीगो विकास, भ्रष्टाचार सहित क्षेत्र, सुशासनका लागि रास्वपा उम्मेदवार धामीलाई जिताउन आब्हान गरेका छन । अन्य काँग्रेस, एमाले, माओवादी जितेर क्षेत्र नहेर्नेदेखि जेनजीका हत्यारा, भ्रष्टाचारीका उम्मेदवार जिताउनु भन्दा ईमान्दार नेता धामीलाई जिताउन आब्हान गरेका छन ।
रास्वपा क्षेत्र १ का उम्मेदवार जनक सिह धामीले क्षेत्रको दीगो विकासका लागि ६÷६महिनामा गरेका कामको समाजिक लेखा परीक्षर््ाण गर्ने बताउँदै क्षेत्रका जनतासंगै रहेर काम गर्ने भन्दै सहयोगका लागि अपिल गरेका छन । झण्डै साढे तीन दशक राजनीतिक समाजसेवीका जिवन सर्मपण गरेका जनक सिह धामी अहिले सांसद बन्न छन ।
विद्यार्थीदेखि जनताको हक अधिकारका लागि खटिएका धामी विद्यार्थी जिवनकालपछि स्थायी शिक्षक बने । स्थायी शिक्षकको जागिर तिलान्जली दिर्दै फेरी राजनीतिमा होमिए । बहुदल पुर्नस्थापनाका लागि भएको ०४६को जनआन्दोलन र लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था स्थापनाका लागि ०६२÷०६३मा भएको दोस्रो जनआन्दोनलमा संघर्ष गरेका धामी अहिले सांसदका लागि चुनावी मैदानमा होमिएका हुन । तत्तकालिन नेवि संघ, काँग्रेसी राजनीतिमा सकृय धामीलाई उतिबेला काँग्रेसले जिम्मेबारी नदिएपछि बैदेशिक रोजगारी दक्षिण कोरिया गएका धामी उता विदेशको सुविधा छाडेर फेरी मातृभूमि टेके ।
मातृभूमि टेकेका धामी यतिकै खाली हात कोरा भाषण हान्न उनलाई फिटिक्कै मन परेन् । उनी कृषि उद्यमतिर जुटे । पुनर्वास नगरपालिकामा व्यवसायिक केरा खेती गरिरहेका किसान उद्यमी धामी अहिले देशको नीति, निर्माण, सुशासनका लागि भन्दै चुनावी मैदानमा दौडिएका छन । बेलडाँडी गाँउपालिका ४ बैवाहका स्थानीय समेत रहेका ५५ बर्षिया धामी पहिलो प्रंयासमै सांसद बन्ने कम्मर कसिएर लागेका छन । धामी तीन पुर्व सासदमा निर्वाचित भएरपनि प्रदेश र संघको मन्त्री भएसकेका हेभीवेटसंग चुनावी मैदानमा होमिएका हुन ।
०६४मा तत्त्कालिन नेकपा माओवादीकबाट पहिलो संविधान सभा जितेका पुरन रानाथारु, ०७४मा प्रतिनिधी सभा सदस्य जितेर खानेपानीमन्त्री भएकी नेकपाकी उम्मेदबार बीना मगर, ०७४मा प्रदेश र ०७९मा प्रतिनिधी सभा सदस्य जितेका एमालेका तारालामा तामाङ, जो सुप प्रदेशका आर्थिक मामिलामन्त्री पनि भए । साथै आफ्नै पुरानो दल काँग्रेसका उम्मेदवार, पुर्व सहकर्मी गोपी प्रशाद उपाध्यायसंग चुनावी मैदानमा होमिएका छन ।
समाजसेवी सरल स्वभावका धामीको काँग्रेसको क्षमता चिनिने, बरु उल्टै हरेक हरेक निर्वाचनमा काँग्रेसले उपेक्षा गर्दै आएका तिनै पात्र अहिले रास्वपाबाट पहिलो प्रयासमै सांसदको यात्रामा मतदाताको घरदैलोमा पुगिरहेका छन । तत्तकालिन एमाले,–काँग्रेस नेतृत्वको सरकारको भ्रष्टाचार बिरुद्ध गत भदौँमा भएको जेनजी बिद्रोहसंगै कञ्चनपुर मात्रै होईन देशभर रास्वपाको जनलहर बढिरहेका बेला क्षेत्र १बाट धामी बलिया उम्मेदवारका रुपमा हेरिएको छ । रास्वपा उम्मेदवार धामीले पाटीले अघि सारेको राष्ट्रिय बाचा सहित क्षेत्रका स्थानीय समस्यालाई चुनावी एजेण्डाका रुपमा अघि सारेका छन । सुशासन, दीगो विकास, पारदर्शीताको सकल्प लिएर जनतासंग साक्षात्कार गरिरहेका धामीले क्षेत्रको विकासका लागि अहोरात्र खटिने प्रतिज्ञा गरेका छन ।
रास्वपा उम्मेदवार धामीले क्षेत्रमा विद्यमान सीमा समस्या समाधान गर्दैै जनताको सार्वभौम अधिकार सुरक्षित गर्ने प्रण गरेका छन । समग्र क्षेत्रको शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधार, कृषि, साँस्कृतिक पर्यटन, खेलकुददेखिका सबै समस्याप्रति आफु जानकार भएकाले स्थानीय जनताकै सुझाव अनुरुप कामकाज गर्ने प्रण गरेका छन ।
आफु घरदैलोमा निस्किदा जनताले अधाग माया स्नेह दिईरहेको र कतिपय जनताले टेलिफोन गरेर चुनावी प्रचारप्रसार गर्नु पदैन, एक पटक औपचारिक रुपमा उम्मेदवारसंग परिचयनका लागि टोलमा आउनु भनेर समेत भन्ने गरेको धामीले अनुभव सुनाए । तत्तकालिन एमाले केपी शर्मा ओली नेतृत्वको सरकारले एक पछि अर्को गल्ती लुकाउँदा जनता ढिक्कवाक्क भएर जेनजी बिद्रोह भएको सरकारले भ्रष्टाचार न्यूनिकरणदेखि जनतानको आवाज रोक्न समाजिक सञ्जाल बन्द गर्न उद्यत भएको त्यस बिरुद्ध युवा विद्यार्थीले आवाज उठाउँदा उनीहरुलाई छानिछानी टाउकोमा गोली प्रहार गरेर हत्या गरिदिएको जनताले नझुलेको बताउँदै रास्वपाले जनतालाई बढी भन्दा बढि शिघ्र सेवा सुविधा दिएर देश विकास, सुशासन, शान्तिको अनुभुतिका लागि विशिष्ठ परिस्थितिमा हुन लागेको चुनावमा सहभागि भएको बताए ।
रास्वपा उम्मेदवार धामीले समय छोटो भएकाले कहिकतै जनताको घरदैलो टोलमा पुग्न नसकेपनि जनताकै हितमा अहोरात्र खटिने प्रतिबद्धता जाहेर गर्दै यस पटक परिर्वतनका लागि अमुल्य मतदान गर्न अपिल गरेका छन । ०४८मा काँग्रेसका बासुदेव भट्ट, ०५१मा एमालेका राम कुमार ज्ञवाली, ०५६मा काँग्रेसका तारणीदत्त चटौत, ०६४मा माओवादीका पुरन राना(थारु), ०७०मा काँग्रेसका दिवान सिह विष्ट, ०७४मा तत्तकालिन माओवादी नेतृ हाल नेकपा उम्मेदवार बीना मगर र ०७९मा एमालेका नेता एव हालका उम्मेदवार तारालामा तामाङ्गले जितेका थिए ।
क्षेत्र १मा ५० हजार १२३पुरुष, ५१ हजार ५८८महिला गरेर १लाख, १हजार, ७२४मतदाता रहेका छन । भने, ३२ वडा रहेको क्षेत्र १मा ५२मतदान स्थलमा १२२ मतदान केन्द्र रहेका छन । जनता आफ्नो पक्षमा रहेको नेता धामीको दावि छ ।

