कञ्चनपुर, फागुन १७ नेपाली काँग्रेसल कञ्चनपुर क्षेत्र १का कावा सभापति चेतन कुमार राईले पाटी रुपान्तरण भएपछि क्षेत्रमा जनसर्मथन बढिरहेको बताएका छन । काँग्रेस कावा सभापति राईले पाटी रुपान्तरणसंगै उम्मेदबार गोपी प्रशाद उपाध्याय समेत फ्रेस भएकाले जनसर्मथन पाईएको बताए ।
क्षेत्रका प्रभावकारी नेता राईले उम्मेदवार सहित घरदैलो सकिएको, पालिका स्तरमा ¥याली सभा सम्पन्न गर्दै अब छिटपुट मात्रै चुनाव घरदैलो बाँकी रहेको बताए । ‘हाम्रा उम्मेदवार शसक्त युवा जुझारुदेखि जनताले खोजेका जस्तो छन, ‘उनले भने, ‘पाटी रुपान्तरणसंगै अहिले युवा नयाँ उम्मेदवार उपाध्यायप्रति आकर्षण बढिरहेको छ ।
’ काँग्रेस क्षेत्र एक ढिक्का भएर चुनावी मैदानमा होमिएका छन । पहिलो पटक चुनावी मैदान टिकेका उपाध्याय नेपाली काँग्रेसबाट क्षेत्र १ का बलिया उम्मेदवारका रुपमा हेरिएका छन । ४६ बर्षिया युवा उम्मेदवार उपाध्यायले झण्डै तीन दशक काँग्रेसी राजनीतिमा सकृय छन ।
पटक पटकका निर्वाचनमा सिफारिस हुने युवा उम्मेदवार उपाध्याय यस पटक टिकट पाएसंगै उत्साहित भएर चुनावी मैदानमा खटिएका छन । ०५६ देखि ०७९ सम्म सम्पन्न भएका पालिका, प्रदेश र प्रतिनिधी सभा सदस्य निर्वाचनमा पाटीका उम्मेदवार जिताउन अहोरात्र खटिने तिनै उपाध्याय अहिले आफै चुनावी परीक्षामा खडा भएका छन ।
काँग्रेसका उपाध्याय सहित १९उम्मेदवार चुनावी मैदानमा होमिएका छन । यस क्षेत्रमा ०४८मा काँग्रेसका बासुदेव भट्ट, ०५१मा एमालेका राम कुमार ज्ञवाली, ०५६मा काँग्रेसका तारणीदत्त चटौत, ०६४मा माओवादीका पुरन राना(थारु), ०७०मा काँग्रेसका दिवान सिह विष्ट, ०७४मा तत्तकालिन माओवादी नेतृ हाल नेकपा उम्मेदवार बीना मगर र ०७९मा एमालेका नेता एव हालका उम्मेदवार तारालामा तामाङ्गले जितेका थिए ।
क्षेत्र १मा ५० हजार १२३पुरुष, ५१ हजार ५८८महिला गरेर १लाख, १हजार, ७२४मतदाता रहेका छन । भने, ३२ वडा रहेको क्षेत्र १मा ५२मतदान स्थलमा १२२ मतदान केन्द्र रहेका छन ।

