आइत, फाल्गुन १७, २०८२

यूएईमा इरानले गरेको आक्रमणमा एक नेपालीले ज्यान गुमाए


इरानले यूएईमा गरेको हवाई हमलामा एक नेपालीले ज्यान गुमाएका छन्। यूएईस्थित नेपाली दूतावासले एक नेपालीको मृत्यु भएको पुष्टि गरेको छ। यूएईका लागि नेपाली राजदूत तेज बहादुर क्षेत्रीका अनुसार एक जना नेपालीको मृत्यु भएको पुष्टि भएपनि उनको नाम खुलेको छैन ।

यूएईको रक्षा मन्त्रालयले आइतबार सार्वजनिक गरेको विवरणअनुसार एक नेपालीसहित एक बंगलादेशी र एक पाकिस्तानी नागरिकले ज्यान गुमाएका छन्।

इरानले दुबई र अबुधावीको विमानस्थललाई लक्षित गरी ड्रोन आक्रमण गरेको थियो। अमेरिका र इजरायलले इरानमा आक्रमण गरेपछि जवाफमा इरानले अमेरिकी सेनाको बेस रहेका देशहरुमा प्रत्याक्रमण गरिरहेको छ।

सम्बन्धित समाचार