आइत, फाल्गुन १७, २०८२

राष्ट्रिय शिक्षक संगठन कञ्चनपुरको हाजिरीजवाफ प्रतियोगिता ः बैजनाथ मावि जडेपानी


कञ्चनपुर, फागुन १६ राष्ट्रिय शिक्षक संगठन कञ्चनपुरले जिल्ला स्तरिय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । एमाले निकट राष्ट्रिय शिक्षक सङ्गठन कञ्चनपुरको जिल्ला स्तरिय हाजिरीजवाफ प्रतियोगिता भएको हो ।

राष्ट्रिय शिक्षक संगठन कञ्चनपुरका अध्यक्ष उत्तम विष्टले शुक्रबार एक कार्यक्रमका विच पालिका स्तरिय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको बताए ।

अध्यक्ष विष्टका अनुसार बेदकोटको बैजनाथ मावि जडेपानी प्रथम भएको छ । बैजनाथ मा. वि महेन्द्रनगर द्वितिय र बेलडाँडीको सरस्वती मावि झर्नासागर तृतिय भएको छ ।

विजेता विद्यालयका तीनै टिमलाई क्रमम नगद ५, ३ र २ हजार सहित प्रमाण पत्र वितरण गरिएको छ ।

शिक्षा विकास तथा समन्वय इकाई प्रमुख कञ्चनपुरका प्रमुख लक्ष्मण गिरीको प्रमुख आथित्यमा भएको कार्यक्रम विभिन्न विद्यालयका शिक्षक, कर्मचारी सहितको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार