सोम, जेष्ठ २५, २०८३

आज विश्व रेडियो दिवस मनाइँदै


२ फागुन,महेन्द्रनगर । आज १४ औं विश्व रेडियो दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

सन् २०१२ बाट मनाउन सुरु गरिएको विश्व रेडियो दिवसका अवसरमा नेपालमा विभिन्न कार्यक्रम गरेर मनाउने गरिएको छ ।

स्पेनको प्रस्तावमा युनेस्कोको ३६ औं सम्मेलनले सन् २०११ नोभेम्बर ३ तारिखमा हरेक वर्षको फेब्रअरी १३ तारिखलाई रेडियो दिवसका रुपमा मनाउने घोषणा गरेको थियो ।

नेपालमा २००३ सालमा काठमाडौंमा रेडियोको प्रशारण सुरु भएपनि औपचारिक रुपमा भने २००७ साल मंसिर २८ गतेदेखि प्रजातन्त्र रेडियोका नाममा रेडियो सञ्चालन सुरु भएको हो ।

नेपालमा २०५२ सालदेखि एफएम प्रशारण सुरु भएको हो । अहिले देशका सवैजसो जिल्लामा एफएम रेडियो स्थापना भएका छन् ।

नेपालजस्तो साक्षरता तथा शिक्षाको पहुँच कम भएको देशमा रेडियोलाई प्रभावकारी सञ्चारमाध्यमका रुपमा लिइन्छ ।

सम्बन्धित समाचार

Leave a Reply