शुक्र, जेष्ठ २२, २०८३

एमाले शुक्लाफाँटाकी नेतृ मोनिकाद्वारा पाटी परित्याग


कञ्चनपुर, चुनाव आएपछि दलका नेता कार्यकर्ताहरु पाटी प्रवेसक्रम जारी रहेको छ । नेकपा एमाले बेदकोट नगरका एक नेता बिहान काँग्रेस प्रवेस साँझ फेरी एमालेकै फर्किएका छन ।

०७९मा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा बेदकोट ३मा चुनाव लडेका एमाले नेता शेर बहादुर राना बिहीबार बिहान एमाले परित्याग गर्दै काँग्रेस प्रवेस गरे, सोही राती साँझ फेरी एमालेमै फर्किका हुन ।

काँग्रेस उम्मेदवार एनपी साउदले खाता ओढाएर काँग्रेस भित्र्राएका एमाले नेता रानालाई फेरी एमाले उम्मेदवार बचन बहादुर सिहले एमालेमै फर्काएका छन । यसरी दिनमै पाटी परित्याग, प्रवेस पुन फर्किनेक्रमले समाजमा नेता, कार्यकर्ताहरुप्रति नागरिकले विश्वास गर्न छाडेका छन ।

यसैविच एमाले शुक्लाफाँटाकी नेतृ मोनिका भट्टले समेत पाटी परित्याग गरेकी छिन । ०७९मा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा एमालेबाट शुक्लाफाँटाको उपमेयरमा चुनाव लडेकी मोनिका भण्डारी(भट्ट)ले पाटी परित्याग घोषणा गरेकी हुन ।

उनले समाजिक सञ्जाल मार्फत वर्तमान अवस्थामा एमालेमा बस्नुको कुनै औचित्य नभएकाले आजैका मितिदेखि पाटी परित्याग गरेको घोषणा गरेकी छिन ।

सम्बन्धित समाचार