बिहि, जेष्ठ २१, २०८३

समन्वय अभावले बबरमहलमा खानेपानीको पाइप फुट्दा जलमग्न विशेष अदालत


काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कारणले बबरमहल क्षेत्रमा खानेपानीको पाइप फुटेरको खानेपानी मन्त्री प्रदीप यादवले बताएको छ ।

विद्युत्का तारहरू जमिनमा बिछ्याउनका लागि खन्ने क्रममा बबरमहलमा रहेको खानेपानीको थोक वितरण प्रणालीको पाइप फुटेपछि पानी जमेर जलमग्न भएको सो क्षेत्रको अनुगमन तथा निरीक्षणका लागि त्यहाँ पुग्नुभएका मन्त्री यादवले बताउनुभयो ।

सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्नु हुँदै मन्त्री यादवले भन्नुभयो, “विद्युत् प्राधिकरणले सधैँ हामीसँग समन्वय गर्दै आएका थियो । आज समन्वय नगरेका कारण पाइप फुटेर क्षति हुन पुग्यो ।

” मन्त्री यादवले पाइपलाइन तत्काल मर्मत गर्न काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रमुखलाई निर्देशन दिइसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “फुटेको पाइप चाँडै मर्मत गरी पानी पठाउने छौँ ।

”काठमाडौँ उपत्यका खानेपानी आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) का प्रमुख टीकाबहादुर चौधरीले पानी बन्द हुनासाथ फुटेको पाइप मर्मत गरी सेवा सञ्चालन गरिने जानकारी दिनुभयो ।

पाइप फुटेर पानी पसेपछि बबरमहलस्थित विशेष अदालत लगायतका सरकारी भवनहरू जलमग्न भएका थिए ।

सम्बन्धित समाचार

Leave a Reply