कञ्चनपुर ,कन्चनपुरमा एचपीभी खोप अभियान अन्तर्गत २५ हजार ५४० बालिकाहरुले उक्त खोप लगाएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार, जिल्लाका नौ ओटै पालिकामा माघ २२ गतेदेखि सुरु भएको खोप अभियान सम्पन्न भएको हो ।
जिल्लामा मंगलबार सम्म ९४ प्रतिशत बालिकाले खोप लगाएको स्वास्थ्य कार्यालय कन्चनपुरले जनाएको छ । छुटेकाहरुलाई भने स्वास्थ्य कार्यालयमा फागुन ६ गतेसम्म पनि खोप लगाइने भएको छ ।
स्वास्थ्य कार्यालय कन्चनपुरका प्रमुख ओम प्रकाश जोशीका अनुसार, कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ बर्षका किशोरीहरुलाई खोप लगाइएको छ । पाठेघरको मुखको क्यान्सरविरुद्ध देशभर संचालित खोप अभियान कन्चनपुरमा पनि सञ्चालन गरिएको हो ।
जस अन्तर्गत बेलडाँडी गाउँपालिकामा ९७% अर्थात १ हजार ५० ,बेलौरी नगरपालिकामा ९६% अर्थात २ हजार २०१,पुनर्वास नगरपालिकामा ९७% अर्थात ३ हजार २०१,लालझाडी गाउँपालिकामा ९८% अर्थात १ हजार १०९, कृष्णपुर नगरपालिकामा ९० प्रतिशत अर्थात ३ हजार ६५८ , शुक्लाफाटा नगरपालिकामा ८९% ,२ हजार ७६६, बेदकोटमा ९५ %, अर्थात २ हजार ७०४, भीमदत्तमा ९३% अर्थात ६ हजार २७०, दोधारा चादनीमा ९६% अर्थात २ हजार ५८१, जना किशोरीहरुलाई खोप लगाइएको स्वास्थ्य कार्यालयका प्रमुख ललित जोशीले जानकारी दिए ।
जिल्लाभरीका २७ हजार २ सय ६८ जना किशोरीहरुलाई खोप लगाउने लक्ष्य रहेको छ । जिल्लामा फागुन ६ गतेसम्म अभियान जारी रहने कार्यालय प्रमुख ललित जोशीले बताए ।

