कञ्चनपुर — सुदूरपश्चिम प्रदेशमा पहिलोपटक ‘एक चिहान’ नाटक मञ्चन हुने भएको छ। सामाजिक यथार्थ र मानवीय संवेदनालाई केन्द्रमा राखेर तयार गरिएको नाटक धनगढीमा प्रस्तुत हुन लागेको हो ।
नाटकको निर्माण गाउँले प्रोडक्सनले गरेको हो भने निर्देशन रंगकर्मी सुनिल बुढा (कछुवा)ले गर्नुभएको छ।
निर्माण पक्षका अनुसार नाटकले समाजका गहिरा यथार्थ, पीडा र मानवीय संवेदनालाई मञ्चमार्फत प्रस्तुत गर्ने प्रयास गरेको छ।नाटक मञ्चनसम्बन्धी प्रेस नोट तथा तस्बिरहरू सञ्चारमाध्यमलाई उपलब्ध गराइएको जनाइएको छ।



