शुक्र, जेष्ठ २२, २०८३

हात्तिको आतंक शुरू भएपछि जाग्राम बस्दै बागफाटाका बासिन्दा सरकारले आफुहरूलाइ नहेरेको गुनासो


कञ्चनपुर १ फागुन कञ्चनपुर जिल्ला भीमदत्त नगरपालिका वडा नं.१९ बागफाटाका स्थानिय बासिन्दा हात्तिको आतंकका कारण जाग्राम बस्न बाध्य छन । हिजो रातीदेखि हात्तिको ठूलो समुहले बागफाटा क्षेत्रमा बाली नाली नोक्सानी गर्नुका साथै घर र मानिसहरूलाइ आक्रमण गर्न थालेको छ ।

हात्ती आतंक शुरू भएपछि स्थानिय बासिन्दाहरू चोक चोकमा दिउसै देखि भेला भएर पहरा दिन थालेका छन । सरकारले आफुहरूलाइ हात्ति भगाउन उपयुक्त साधनहरू उपलब्ध नगराएको स्थानिय बासिन्दाको गुनासो रहेको छ ।

राजनीतिक दलका प्रतिनिधिहरू समेत भेट माग्न आउने र जनताका समस्या भएका बेला नआउने गरेको उहाहरूको गुनासो रहेको छ । हात्तीले आफुहरूको धनजनको क्षती गर्ने गरको भन्दै स्थाइ समाधानका लागि उहाहरूले सरकारसंग माग समेत गर्नुभएको छ ।

भीमदत्त नगरपालिका वडा नं.९ का अध्यक्ष जगु राम थारू चैधरीले वडा र पालिकाको बजेटले स्थाइ सममाधान गर्न असम्भव भएको भन्दै यसको दर्धकालिन समस्या समाधानका लागि संघ र प्रदेशबाट आवश्यक बजेटको व्यवस्था हुनुपर्ने बताउनुभएको छ ।

वडा कार्यालयले जनताको चाहना अनुरूप काम गरीरहेको र सोही अनुरूप विकासका योजनाहरू निर्माण हुने गरेको भन्दै हात्ती नियन्त्रणका लागि भने वडाको बजेट प्रयाप्त नहुने उहाको भनाइ रहेको छ ।

वडा कार्यालयले टेलबासिको सहमतिमा टोलबाटै योजना निर्माण हुने गरेका कारण बाकी जनसहभागितामै सबै हुने भएपनि जंगली जनावर बदेल, चितल ,चितुवा हात्तीले दिने दुःख नियन्त्रणाका लागि भने संघ र प्रदेशको सहयोग आवश्यक हुने उहाको भनाइ रहेको छ । हात्ती भगाउने साधन नभएपछि हिजो राती स्थानिय बासिन्दाहरूले लत्ताकपडा र पराल जलाएर रातभरी जाग्राम बसेका थिए ।

नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट निर्वाचन क्षेत्र नं.३ का उम्मेदवार मान बहादुर सुनारले हात्तीले क्षती गरेको बागफाटा क्षेत्रको अनुगमन गर्दै हात्तीले गर्ने समस्या समाधानका लागि आवश्यक पहल गर्ने बताउनुभएको छ ।

भीमदत्त नगरपालिका दोधारा, चादनी नगरपालिका बेलडाडी गाउपालिका बेलैरी नगरपालिका र लालझाडी गाउपालिकामा समेत शुक्लाफाटा राष्ट्रिय निकुञ्जबाट आउने हात्तीले धनजनको क्षती गर्दै आइरहेको छ ।

सम्बन्धित समाचार