कञ्चनपुर । तीन दशक कम्युनिष्ट राजनीतिमा खारिएका एक पुर्व विद्यार्थी पनि कञ्चनपुर क्षेत्र २ बाट चुनावी मैदानमा होमिएका छन । नेकपा एमालेका युवा नेता बचन बहादुर सिह क्षेत्र २बाट प्रतिनिधी सभा सदस्यका लागि चुनावी मैदानमा होमिएका हुन ।
झण्डै ३२ बर्ष अघि एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुमा जोडिएका सिह केन्द्रीय सासदका लागि चुनावी मैदानमा खटिएका छन ।
०५० सालमा अनेरास्ववियु इकाई कमिटिदेखि केन्द्रीय सचिव, राष्ट्रिय युवा संघको केन्द्रीय सदस्य, सचिव हुँदै अध्यक्षको जिम्मेबारी निर्वाह गरेका सिह अहिले राजकीय जिम्मेबारीमा जान लागेका हुन ।
स्कुले जिवनदेखि नै परिर्वतनका लागि केही गर्नुपर्छ भन्ने हुटहुट भएका सिह अनेरास्ववियु विद्यालय ईकाइ अध्यक्ष, सिद्धनाथ बहुमुखी क्याम्पस संयोजक, कञ्चनपुर जिल्ला सचिव, उपाध्यक्ष, अध्यक्ष, तत्तकालिन महाकाली अञ्चल सचिव, संयोजक, सुप प्रदेश ब्यूरो सचिवको जिम्मेबारी बहन गरेका सिह कञ्चनपुरका शसक्त युवा विद्यार्थी अधिकारका लागि लड्ने नेताकै रुपमा छवि कमाएका छन ।
अध्ययन तथा राजनीति गर्नका लागि जिल्लाबाट केन्द्र काठमाण्डौँ गएका सिह युवा विद्यार्थी काठमाण्डौँ जिल्लाको कावा अध्यक्षको जिम्मेबारी पाएका थिए । सिह विद्यार्थी, युवादेखि सिधै पाटी कमिटिमा आएका नेता हुन ।
पाटी सुदूरपश्चिम प्रदेशको सचिवालय सदस्य भएका सिह पाटीको ११औँ महाधिवेशनमा समेत केन्द्रीय सदस्यमा चुनाव लडेका थिए । एमालेमा तीन दशक बढी राजनीति गरेर खारिएका युवा नेता सिह यस अघि ०७९ मा सम्पन्न भएको प्रदेश सभा सदस्य निर्वाचनमा क्षेत्र २(ख)बाट पनि प्रदेश सासदका लागि चुनाव लडेका थिए । उतिबेला नेपाली काँग्रेस र तत्तकालिन नेकपा माओवादी केन्द्रविच चुनावी गठबन्धन थियो ।
माओवादीका युवा नेता ओम विक्रम भाट(सरल)संग झिनो मतले पराजित भएका थिए । सिह एक्लैले १० हजार ४५०मत ल्याएका थिए । पाटी अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा, कञ्चनपुरकै पनि क्षेत्र ३मा एमाले, राप्रपाविच चुनावी गठबन्धन भएपनि सिह चुनाव लडेको क्षेत्रमा भने भएनन् ।
अधिकाँस ठाँउमा राप्रपा–एमालेविच भएको गठबन्धन भएपनि एमाले युवा नेता सिह चुनाव लडेको संघ र प्रदेश दुवै तर्फ भने गठबन्धन नहुँदा समेत विजेता उम्मेदवार नजिकै मत ल्याएका थिए ।
४५ बर्षिया युवा स्थानीयदेखि केन्द्रीय स्तरमा पहुँच बनाएका सिह अहिलेको युवाका साथ सर्मथनमा क्षेत्रमा मतदातासंग भेटघाट गर्दैै मत मागिरहेका छन । उनले विगतमा जनताले जिताउने नेता सासद हराउने प्रवृति अन्त्य गर्दै आफैबाट जनताले नखोज्ने गरेर जनतामै जाने शुरुवात गर्ने घोषणा गरिरहेका छन ।
चुनाव जितेपछि सासद खोज्न जनताले धाउनुपर्ने भन्दा म जनताकहाँ आफै हाजिरी हुने बाचा सहित जनतामा विश्वास दिलाउने काम गरिरहेका छन । क्षेत्रको दीगो विकास सहित युवादेखि सबै तहतप्का समस्या समाधानको सकल्प सहित सिह चुनावी मैदानमा होमिर्दै सहयोगका लागि अपिल गरिरहेका छन ।

