शुक्र, जेष्ठ २२, २०८३

गुण्डागर्दी, दादागिरी गैर कानुनी गतिबिधी क्षम्य हुँदैनन ः डिएसपी शाही


कञ्चनपुर फागुन १कञ्चनपुरका प्रहरी प्रवक्ता एव डिएसपी हेम बहादुर शाहीले गुण्डागर्दी, दादागिरी जस्ता अबाञ्चित गतिबिधी क्षम्य नहुने उद्घोष गरेका छन । हालै कञ्चनपुर प्रहरीको प्रवक्ताको जिम्मेबारीमा आएका प्रहरी नायब उपरीक्षक(डिएसी) शाहीले गुण्डागर्दी, दादागिरी जस्ता अबाञ्चित गतिबिधी क्षम्य नहुने उद्घोष गरेका हुन ।

शुक्रबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले माघ महिनामा गरेको कार्य सम्पादन उपलब्धी सार्वजनिक गर्दै डिएसपी शाहीले अबाञ्चित गतिबिधीमा सुन्य सहनशिलता अनुरुप प्रहरी खटिएको बताए । ‘जिल्लाभरीका ग्याङ, गुण्डागर्दी गर्ने गिरोहको हामीले प्रोफाईल नै बनाएर कार्बाही अघि बढाउँछौँ, ‘उनले भने, ‘सभ्य समाजका लागि जबजरस्तीकरणदेखिका गुण्डागर्दीका गतिबिधी नियन्त्रण गछौँ ।

’ महाकाली पुल सार्वजनिक क्षेत्रमा अन्य सर्वसाधारणलाई अवरोध गर्ने गरेर बर्थडे मनाउन कुखुरी बोकेका युवादेखि महेन्द्रनगर बसपार्क क्षेत्रमा यात्रु महिलामाथि जबरजस्तीकरण गर्नेहरुलाई नियन्त्रणमा लिएर सार्वजनिक मुद्दा चलाएको बताए । डिएसपी शाहीले कुनैपनि व्यक्ति समुह, ग्याङलाई गुण्डागर्दी नगर्न समेत आग्रह गरेका छन ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको तथ्याङ्क अनुसार गत माघमा सबैभन्दा बढी लागु औषधका ३०, बैंकिङ कसुरका ८ गरेर ८७मुद्दा दायर भएका छन । एकै महिनामा १महिला सहित ४९मानिस लागु औषध सहित पक्राउ परेका छन । उनीहरुको साथबाट ५५.१७९खैरो हेरोैईन, ५०पिस एम्पुल २०थान क्याप्सुल, २९ट्याब्लेट बरामद गरिएको छ ।

माघ मात्रै अनलाईन ठगिका २३ जनाले दिएको उजुरीका आधारमा २२ हजार फिर्ता गराईएको छ । १९लाख, ६हजार, २८५ ठगिएको थियो । ३६लाख, ३५ हजार, ३४३रुपैया बराबरको अवैध समान बरामद गरेर भन्सार चलान गरेको छ । जिल्लाभरी नागरिक सचेतनाका कार्यक्रम समेत गरिएको छ ।

कञ्चनपुर प्रहरीको कमान एसपी खडक खत्रीले पाए लगत्तै जिल्लाभरी लागु औषध, चोरी तस्करी, भन्सार छलीदेखिका गैर कानुनी गतिबिधी नियन्त्रण गर्न स्पष्ट आदेश पाएपछि मातहतका प्रहरी गैर कानुनी गतिबिधी बिरुद्ध सकृय भएका छन ।

सम्बन्धित समाचार