शुक्र, जेष्ठ २२, २०८३

सुदूरपश्चिममा उच्च भ्रष्टाचार ः १२ बर्षमा १२ हजार उजुरी


कञ्चनपुर फागुन, १ सुदूरपश्चिम प्रदेशमा उच्च भ्रष्टाचार भएको एक तथ्याङ्कले देखाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरको तथ्याङ्क अनुसार सुप प्रदेशमा भ्रष्टाचार बढिरहेको देखाएको हो । कञ्चनपुरका अख्तियार स्थापना भएदेखि हालसम्म निरन्तर भ्रष्टाचारका उजुरी दर्ता भईरहेका छन ।

तथ्याङ्क अनुसारका १२ बर्षमा झण्डै १२ हजार उजुरी दर्ता भएका छन । आर्थिक बर्ष ०७०÷०७१मा ७४९, ०७१÷०७२मा १ हजार १२६, ०७२÷०७३ मा ९५८, ०७३÷०७४मा ६४४, ०७४÷०७५मा ५८८, ०७५÷०७६मा ७३४,०७६÷०७७मा ९१२, ०७७÷०७८मा ९०७, ०७८÷०७९मा ७०७, ०७९÷०८०मा १हजार, २७३, ०८१÷०८२मा १हजार १९८, चालु आर्थिक बर्ष ०८२÷०८३को हालसम्म ६८६गरेर ११हजार ९५२उजुरी दर्ता भएका छन । जसमध्ये ११ हजार ४सय ९ उजुरी फछ्यौट भएका छन । भने, हालसम्म ५सय ४३उजुरी बाँकी रहेका छन ।

चालु आर्थिक बर्ष ०८२÷०८३को पनि २६माघसम्म सुदूरपश्चिम प्रदेशका ९वटै जिल्लाहरुबाट गत र चालु गरेर १हजार १सय ४८ उजुरी दर्ता भएका छन । सबैभन्दा कैलाली २९२, सबैभन्दा कम डडेल्धुरा ७६ उजुरी दर्ता भएका छन । बाजुरा १२०, बझाङ्ग ८७, अछाम १२४, डोटी ७९, कञ्चनपुर, १९२, बैतडी ९५, दार्चुला ८३उजुरी दर्ता भएका हुन । चालु आर्थिक बर्षमा ६सय १० उजुरी फछ्यौट गरिएकोमा ५३८अझै बाँकी रहेका छन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरका प्रमुख बेद प्रशाद भण्डारीले हाल जिल्लाबाट ११ मुद्दा विशेष अदालतमा दर्ता गरिएको र १ स्टिङ्ग अप्रेसन गरिएको बताए । ‘उजुरी बढोत्तरी रुपमा अघि बढिरहेको छन, ‘उनले भने, ‘आयोगले उपलब्ध स्रोत साधन प्रयोग गर्दै न्यूनिकरण गरिरहेको छ ।’ सार्वजनिक तथा सरकारी निकायमा हुने भ्रष्टाचार न्यूनिकरण गर्दै सुशासनका लागि आयोगले भरपुर प्रयास जारी राखेको प्रमुख भण्डारीले बताए । स्थानीय तहदेखि शिक्षा लगायतका सबै निकायबाट उजुरी आउने गरेको बताए ।

जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले सार्वजनिक निकायमा कार्यरत कर्मचारी कार्यालयबाट नागरिकलाई अख्तियार देखाएर काम नगर्ने प्रवृति पनि भ्रष्टाचार भएकोले त्यस तर्फ समेत सचेत हुनुपर्ने बताए ।

सुदूरपश्चिम प्रदेश सरकारका मुख्य सचिव बैठुण्ड प्रशाद अर्यालले भ्रष्टाचार निवारणका लागि सार्वजनिक निकायमा कार्यरत कर्मचारी स्वयम नैतिकवान हुनुपर्ने बताए ।

सुदूरपश्चिम प्रदेश सरकारका प्रमुख नजिर मियाले पञ्चायतकाल अघि नेपालमा अख्तियार नहुँदा झन बेथिति बढिरहेको बताउँदै अहिले अख्तियार हुँदा न्यूनिकरण भईरहेको बताए ।

सुशासनका लागि सबै कर्मचारीदेखि सार्वजनिक निकाय, सरोकारवाला नैतिकवान हुनुपर्नेमा जोडदिए । बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मनाएको ३५औँ स्थापना दिवसमा महेन्द्रनगर कार्यालयमा कार्यरत शाखा अधिकृत चेतराज भट्ट र ईन्जिनिय सुलभ न्यौपानेलाई उत्कृष्ठ अख्तियार अनुसन्धान सेवा पुरस्कार ०८२ बाट पुरस्कृत गरिएको छ ।

ईन्जिनियर न्यौपाने र शाखा अधिकृत भट्टलाई नगद २०÷२० हजार, प्रमाण पत्र सहितको पुरस्कार प्रदान गरिएको छ । उक्त पुुरस्कार प्रदेश प्रमुख मियाले कर्मचारीद्वय भट्ट, न्यापानेलाई हस्तान्तरण गरेका थिए ।

झण्डै १३ बर्ष अघि कञ्चनपुरमा अख्तियारकै कार्यालय स्थापना भएपछि भ्रष्ट कर्मचारी त्रसित भएका छन । नागरिकले समेत अहिलेको कार्बाही आगामी दिनमा थप प्रभावकारी बनाउनुपर्ने जोडदिदै आएका छन ।

कञ्चनपुर कार्यालयमा पनि मनाएको दिवस कार्यक्रममा तीनै तहका सरकारी निकायका कर्मचारीदेखि सरोकारवालाको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार