शुक्र, जेष्ठ २२, २०८३

यात्रुवाहक बस तामाकोशी नदीमा खस्यो, ५ जनाको मृत्यु


काठमाडौँ । रामेछापको सेलेघाटमा यात्रुवाहक बस तामाकोशी नदीमा खसेको छ ।

काठमाडौँबाट ओखलढुङ्गाको रगनी जाँदै गरेको ९९७५ नम्बरको बस नदीमा खसेको हो ।

दुर्घटनामा परेर ५ जनाको घटनास्थलमा मृत्यु भएको उद्धारमा संलग्न एकजना प्रहरी अधिकृतले बताए ।

प्रहरीले ६ जनालाई उद्धार गरेर अस्पताल पठाएको छ ।

सम्बन्धित समाचार